Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनी ड्रोन आक्रमणमा रूसको कुस्र्क क्षेत्रमा ३ जनाको मृत्यु, वरिष्ठ जनरलसहित ७ घाइते


२५, असार २०८२
  • 133
    SHARES
  • युक्रेनी ड्रोन आक्रमणमा रूसको कुस्र्क क्षेत्रमा ३ जनाको मृत्यु, वरिष्ठ जनरलसहित ७ घाइते

    मस्को । युक्रेनको सीमावर्ती रूसी क्षेत्र कुस्र्कको समुद्री तटमा मङ्गलबार युक्रेनी ड्रोन आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृतकमध्ये एक जना रूसी नेसनल गार्डका वरिष्ठ जनरल रहेका छन् ।

    क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जान्डर खिन्स्टेनका अनुसार आक्रमण छुट्टी मनाइरहेका सर्वसाधारण नागरिकहरूको क्षेत्रमै भएको थियो। उक्त स्थानमा कुनै सैन्य गतिविधि नभएको स्पष्ट पार्दै उनले घटनामा बालबालिकासहित परिवारहरू प्रभावित भएको बताए ।

    खिन्स्टेनका अनुसार पहिलो विस्फोटपछि नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा दोस्रो ड्रोन आक्रमण हुँदा जनरलको मृत्यु भएको हो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

    घटनापछि आपतकालीन सेवाहरू तुरुन्तै परिचालन गरिएको र अनुसन्धान कार्य जारी रहेको जनाइएको छ। युक्रेनी पक्षबाट भने घटनाबारे अहिलेसम्म कुनै औपचारिक टिप्पणी आएको छैन ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend