Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

श्रमिक सचेतना संवाद–भाग २, दुबईमा आइतबार


२७, असार २०८२
  • 508
    SHARES
  • श्रमिक सचेतना संवाद–भाग २, दुबईमा आइतबार

    काठमाडौं ।  नेपाली राजदूतावास अबुधाबीको संरक्षकत्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएई र नेपाली समाज यूएईले संयुक्त रूपमा “श्रमिक सचेतना तथा सुरक्षित आप्रवासन सम्बन्धी बृहत् संवाद कार्यक्रम–भाग २” आयोजना गर्न लागिएको छ ।

    कार्यक्रम यही १३ जुलाई २०२५, आइतबार दिउँसो २ बजे Club SK7, Concorde Creek View Hotel, दुबईमा हुने जानकारी राजदूतावासले जारी गरेको छ। कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई वैदेशिक रोजगारीका क्रममा पालना गर्नुपर्ने व्यवहारिक, कानुनी, कन्सुलर, सामाजिक–स्वास्थ्य, सुरक्षा, वित्तीय सचेतना र विप्रेषणसम्बन्धी जानकारी प्रदान गरिनेछ । साथै, श्रम सम्बन्धी जिज्ञासाहरूको समाधान गरिने उद्देश्यले सङ्गठनहरू र नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि राजदूतावासले हार्दिक अनुरोध गरेको छ ।

    यसअघि पनि अबुधाबीस्थित राजदूतावासले श्रम अधिकार र कन्सुलर सेवाबारे जागरुकता कार्यक्रमहरू चलाउँदै आएको छ, जहाँ ३०० भन्दा बढी नेपाली श्रमिकले लाभ लिएका थिए भनिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend