Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा चुलिँदो खाद्य संकटले मानवीय विपत्तिको रूप लिँदै, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता


३, साउन २०८२
  • 175
    SHARES
  • गाजामा चुलिँदो खाद्य संकटले मानवीय विपत्तिको रूप लिँदै, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता

    न्यूयोर्क । गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषण भयावह रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिका तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण दैनिकजसो ज्यान गुमाउने घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय (ओसीएचए) को प्रतिवेदनअनुसार इजरायली प्रशासनले गाजाको उत्तरी क्षेत्रमा पुनः जबरजस्ती विस्थापनको आदेश दिएको छ, जसले कुपोषित नागरिकहरूको स्वास्थ्य संकट थप गम्भीर बनाएको छ ।

    हाल गाजामा इन्धनको चरम अभाव देखिएको छ । फोहर व्यवस्थापन ठप्प छ, पानीका कुवाहरू बन्द छन् र डायलाइसिसजस्ता जीवनरक्षक स्वास्थ्य सेवाहरू पनि बन्द हुन थालेका छन् । मानवीय सहायता गाजाभित्र पुर्‍याउने प्रयाससमेत असफल भइरहेका छन्, हालैका १३ प्रयासमध्ये मात्र ७ मा इजरायली प्रशासनले अनुमति दिएको छ ।

    संयुक्त राष्ट्रसंघले गाजाको अवस्था अब ‘सामान्यजस्तो देखिने’ त्रासदीमा परिणत भएको बताउँदै युद्ध, विस्थापन, भोकमरी, इन्धन संकट र जनमानसमा बढ्दो निराशालाई सामूहिक अभावको चिन्ताजनक उदाहरणका रूपमा उल्लेख गरेको छ । यसैबीच, खाद्यान्नको अभावले दुर्भिक्षको अवस्था सिर्जना गरिरहेको र अन्तर्राष्ट्रिय समुदाय अझै मौन रहँदा राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले गहिरो खेद व्यक्त गरेका छन् ।

     
     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend