Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकासँग पाँच वर्षको गहुँ आपूर्ति सम्झौतामा बङ्गलादेश


५, साउन २०८२
  • 113
    SHARES
  • अमेरिकासँग पाँच वर्षको गहुँ आपूर्ति सम्झौतामा बङ्गलादेश

    ढाका । आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्ने सहमति बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबीच भएको छ। यो सम्झौतामा जुलाईको अन्तिम साता तेस्रो चरणको शुल्क वार्ताअघि हस्ताक्षर गरिएको हो ।

    अमेरिकाले शुल्क सम्झौता गर्नका लागि सुरक्षा सहयोगका शर्तहरू अघि सारेपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको थियो। यद्यपि, अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास निरन्तर जारी राख्ने घोषणा गरिसकेको छ ।

    गहुँ आपूर्ति सम्झौतामा बङ्गलादेशका तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजूमदारको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।

    खाद्य सल्लाहकार अली इमाम मजूमदारले यो सम्झौताले दुई देशबीच आपसी व्यापारिक सहकार्य विस्तार गर्ने र दुवै देशका नागरिकलाई लाभ पुर्‍याउने बताए। बङ्गलादेशको अन्तरिम सरकारद्वारा जारी विज्ञप्तिमा देशको खाद्य सुरक्षा, पोषण गुणस्तर र आपूर्ति सुनिश्चित गर्न उक्त सम्झौता महत्त्वपूर्ण भएको जनाइएको छ ।

    यसअघि, जुलाई ९ को समयसीमाभन्दा दुई दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशमाथि ३५ प्रतिशत कर लगाउने निर्णय गर्दै उक्त शुल्क अगस्ट १ देखि लागु हुने घोषणा गरेका थिए ।

     
     
     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend