Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी


७, साउन २०८०
  • 197
    SHARES
  • अफगानिस्तानमा आईएसको उपस्थिति नरहेको दाबी
    काबुल । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यस सम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।
     
    अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।
     
    इरानका एक जना वरिष्ठ कूटनीतिज्ञले आतङ्कवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । “हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आईएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,” बल्खीले ट्वीट् गरेका छन् । 
     
    यसअघि अफगान सुरक्षा बलहरूले आईएससँग सम्बद्ध दर्जनौँ कार्यकर्ताहरूलाई मारेको र गिरफ्तार गरेका थिए ।  चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend