Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ


२६, साउन २०८२
  • 172
    SHARES
  • युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ

    न्यूयोर्क । गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपाय युद्धविराम भएको राष्ट्रसङ्घीय राजनीतिक र शान्ति निर्माणमामिला विभाग युरोपका लागि सहायक महासचिव मिरोस्लाभ जेनोचाले बताएका छन् ।

    गाजा क्षेत्रको सम्बन्धमा इजरायली सरकारको हालैको निर्णयले इजरायल र प्यालेस्टिनी क्षेत्रभन्दा बाहिर पनि द्वन्द्वको भयानक डर पैदा गर्ने खतरा रहेको विषयमा उनले जोड दिएका छन् ।

     

    मध्यपूर्वको स्थिति सम्बन्धमा भएको सुरक्षा परिषद्को आपतकालीन बैठकमा उनले गाजाको मानवीय पीडा अन्त्य गर्ने एक मात्र उपाय तत्काल पूर्ण र स्थायी युद्धविराम गरेको भन्दै बन्धकहरूको बिना शर्त तत्काल र रिहाइको लागि आह्वान गरेका हुन् ।

    संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको पालना गरी निर्बाध रूपमा आवश्यक मानवीय सहायता वितरण गर्न अनुमति दिन आह्वान गरेका छन् । उनले सहायता खोजिरहेका मानवीय कार्यकर्ताहरूसहित नागरिकहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिएका छन्।

     

    गाजामा द्वन्द्वको समाधान इजरायलको गैरकानुनी कब्जाको अन्त्य र व्यवहारिक समाधान बिना कुनै दिगो समाधान नहुने भन्दै गाजा प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग भएको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली सरकारद्वारा गाजाको नियन्त्रण गर्ने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले यो निर्णयले विनास बढाई लाखौँ प्यालेस्टिनी र बन्धकहरूको जीवनलाई जोखिममा पार्ने बताएका छन् ।

    मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले इजरायली सरकारलाई कब्जा गरिएको गाजा पट्टीमा नियन्त्रण गर्ने योजना रोक्न आग्रह गरेका छन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend