Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता


१, भदौ २०८२
  • 151
    SHARES
  • चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता

    बेइजिङ । चीनको मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीले आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता रहेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो ।

    उराद रियर ब्यानर भन्ने ठाउँमा १३ जनाको एउटा समूह खुला ठाउँमा डेरा जमाइरहेको बेला अचानक बाढी आएको थियो । घटनापछि एक जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य चार जनाको खोजी कार्य अझै जारी रहेको छ ।

     

    सरकारले उद्धार प्रयासलाई तीव्र बनाउने आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा पठाइएको छ ।

    चीनमा गर्मी महिनामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार देखिने गर्छन् । केही स्थानहरूमा अत्यधिक वर्षा हुने गर्छ भने अन्य ठाउँमा गर्मीले समस्या उत्पन्न गर्छ ।

     

    यसअघि पनि साउनको सुरुवातमा उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको मृत्यु भएको थियो । गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको ज्यान लिएको थियो र छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाको मृत्यु भएको थियो ।

    वैज्ञानिकहरूका अनुसार वातावरणीय परिवर्तनका कारण यस्ता विनाशकारी प्राकृतिक प्रकोपहरू झनै बढ्दै गएका छन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend