Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा दस लाखभन्दा बढी महिला र किशोरी भोक, हिंसा र उत्पीडनको चपेटामा


१, भदौ २०८२
  • 203
    SHARES
  • गाजामा दस लाखभन्दा बढी महिला र किशोरी भोक, हिंसा र उत्पीडनको चपेटामा

    गाजा । गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुव्र्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले शनिबार चेतावनी दिएको छ ।

    एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भन्यो, “गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ । महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा रहेको छ ।”

     

    एजेन्सीले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ । गाजामा हाल २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ । योसँगै भोकमरीका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन् ।

     

    गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

    गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पु¥याउन नसकेको जनाएका छन् । इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको जनाएको छ । जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको छ ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा एक हजार ७६० जना गाजावासीको ज्यान गएको छ । तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend