Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण


८, भदौ २०८२
  • 165
    SHARES
  • उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

    सियोल । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गरेको आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ ।

    शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।

    केसिएनएले नयाँ मिसाइलहरूको विस्तृत विवरण भने दिएको छैन । उसले केबल तिनीहरूको ‘अपरेसन र प्रतिक्रिया मोड अद्वितीय र विशेष प्रविधिमा आधारित छ’ भन्ने उल्लेख गरेको छ । परीक्षण कहाँ गरिएको थियो भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन ।

    “दुई प्रकारका प्रोजेक्टाइलका प्राविधिक विशेषताहरू विभिन्न हवाई लक्ष्यहरू नष्ट गर्न निकै उपयुक्त छन् भन्ने कुरा गोलीबारीमार्फत स्पष्ट प्रमाणित भएको छ”, केसिएनएले भन्यो।

    केसिएनएले जारी गरेका तस्बिरहरूमा हवाई रक्षा मिसाइलहरू आकाशमा उडिरहेको र आइरहेको प्रक्षेप्यास्त्रलाई अवरोध गरेको दृश्य देखाइएको छ ।

    किमलाई आफ्नो डेस्कमा बसिरहेको, छेउमा राखिएको दूरबिन नजिकै, एक सैन्य अधिकारीबाट जानकारी लिइरहेको तस्वीरमा चित्रित गरिएको छ ।

    उत्तर कोरियाली नेताले प्रमुख पार्टी बैठकअघि रक्षा विज्ञान क्षेत्रमा एउटा ‘महत्त्वपूर्ण कार्य’ पूरा गर्न निर्देशन दिएको बताइएको छ ।

    दक्षिण कोरियाली सेनाले शनिबार दुई हप्ताअघि भएको घटनाबारे जनाउँदै सीमामा केही समयका लागि प्रवेश गरेका उत्तर कोरियाली सैनिकलाई चेतावनी स्वरूप गोली प्रहार गरेको जनाएको छ ।

    राष्ट्रसङ्घीय (युएन) कमान्डले मङ्गलबार सीमापार गर्ने उत्तर कोरियाली सैनिकको सङ्ख्या ३० रहेको जानकारी दिएको योन्हाप समाचार एजेन्सीले आइतबार जनाएको छ ।

    प्योङयाङको राज्य मिडियाले सेनाका लेफ्टिनेन्ट जनरल को जोङ चोललाई उद्धृत गर्दै उक्त घटना ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भएको बताएका छन्।

    “यो निकै गम्भीर प्रस्तावना हो, जसले अनिवार्य रूपमा दक्षिणी सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सैनिकहरूबीच टकरावलाई अनियन्त्रित चरणमा लैजान सक्छ”, कोले भने ।

    – युक्रेनको पाठ –

    विश्लेषकहरूका अनुसार प्योङयाङले ड्रोन र क्रुज मिसाइल प्रतिरोध गर्ने उद्देश्यले हवाई रक्षा मिसाइलहरूको विकासलाई गति दिइरहेको छ । केसिएनएको रिपोर्टमा विशेष गरी ‘ड्रोन र क्रुज मिसाइल’ उल्लेख गरिएको छ ।

    “उत्तर कोरियाले कम उचाइमा उड्ने ड्रोन र क्रुज मिसाइल विरुद्ध हवाई रक्षा क्षमतामा बलियो ध्यान दिइरहेको छ”, कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भने, “यस किसिमको हवाई रक्षा प्रणाली विकासले युक्रेनविरुद्धको युद्धमा रूसको अनुभवबाट प्योङयाङले सिकेका पाठहरूका आधारमा आफ्नो क्षमता विस्तार गर्ने आवश्यकतालाई मान्यता दिएको प्रमाणित गर्दछ ।”

    दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायहरूका अनुसार उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिकलाई रुसमा विशेषगरी कुर्स्क क्षेत्रमा पठाएको थियो । कुर्स्कमा तिनीहरूले आर्टिलरी शेल, मिसाइल र लामो दूरीका रकेट प्रणाली उपलब्ध गराएका थिए ।

    सियोलका अनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् र हजारौँ घाइते भएका छन् ।

    दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले आणविक–सशस्त्र उत्तर कोरियासँग सम्बन्ध न्यानो बनाउन माग गरेका छन् र ‘सैन्य विश्वास’ निर्माण गर्ने वाचा गरेका छन् । तर प्योङयाङले भने सियोलसँगको सम्बन्ध सुधारमा कुनै चासो नराखेको बताएको छ ।  रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend