Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ


२२, भदौ २०८२
  • 170
    SHARES
  • अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ

    काठमाण्डौ –  अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

    अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड सेक्युरिटीअन्तर्गत अध्यागमन तथा भन्सार प्रवर्तन विभाग (इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट)ले छापा मारेको हो । जसमध्ये धेरैजसो दक्षिण कोरियाली कामदार रहेका छन् ।

    दक्षिण कोरियाली विदेश मन्त्रालयले आफ्ना नागरिक तीन सयको सङ्ख्यामा रहेको पुष्टि गरेको छ । घटनापछि दक्षिण कोरियाली सरकारले अवैध रूपमा आफ्ना नागरिक त्यहाँ काम गरिरहेकोमा दुःख व्यक्त गरेको छ भने आफ्ना नागरिकलाई लक्षित गरी भएको छापाप्रति चिन्ता जनाएको छ ।

    दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले घटनाबारे आवश्यक कदम चाल्न निर्देशन समेत दिनुभएको दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले जनाएको छ ।

    यो मामिला थप बुझ्नका लागि एक टोली गठन गरिएको र आवश्यक परे अमेरिकामै पुगेर त्यहाँका अधिकारीहरूसँग भेटघाट गर्ने दक्षिण कोरियाका उच्च अधिकारीको तयारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरु अवैध विदेशी रहेका बताउनुभएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend