Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनका राष्ट्रपति जेलेन्सीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार


२३, भदौ २०८२
  • 148
    SHARES
  • युक्रेनका राष्ट्रपति जेलेन्सीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार

    काठमाण्डाै – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताउनुभएको छ ।

    उहाँले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभइ समय लम्ब्याउने खेल खेलिरहेको आरोप समेत लगाउनुभएको छ । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताउनुभएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै नेताबीच प्रत्यक्ष भेट गराउने प्राथमिकता व्यक्त गर्नुभएको छ । साथै जर्मन चान्सलर फ्रेडरिक मर्जसहितका युरोपेली नेताहरूले तत्काल द्विपक्षीय भेटवार्ता सम्भव नभएको टिप्पणी गरेका छन् । युक्रेनी विदेशमन्त्री आन्द्रिय सिबिहाले अस्ट्रिया, भ्याटिकन, स्विजरल्याण्ड, टर्कि र तीन वटा खाडी देशमा बार्ता गर्न सकिने बताउनुभएको  छ ।

    यसअघि हिजो मात्रै रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend