Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी


३१, भदौ २०८२
  • 185
    SHARES
  • इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी

    काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ । 

    हिजो सामाजिक सञ्जाल मार्फत उहाँले हमासले गाजाको आक्रमण रोक्नका लागि इजरायली बन्धकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको भन्दै त्यसो गरे हमाससँगका सबै सर्तहरू समाप्त हुने समेत चेतावनी दिनुभयो । उहाँले सबै बन्धकहरूलाई तत्काल मुक्त गर्न पनि आग्रह गर्नुभएको छ ।

    इजरायलले कतारमा हमासका नेताहरूमाथि गरेको आक्रमणपछि ट्रम्पको यो भनाइ आएको हो । यद्यपी अमेरिकी प्रस्तावमा भइरहेको बन्धक मुक्तिको वार्तामा संलग्न नेताहरूमाथि इजरायली आक्रमणको ट्रम्पले विरोध गर्नुभएको छ । आक्रमणमा पाँच जना हमास सदस्य र एक जना कतारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।

    पछिल्ला दिनमा इजरायलले गाजा सिटी खाली गर्न नागरिकहरूलाई बाध्य बनाइरहेको छ । त्यहाँ लगातार विद्यालय, अस्पताल र आवासीय भवनहरू लक्षित आक्रमणहरु भइरहेको छन् । संयुक्त राष्ट्रसंघले गाजामाथिको इजरायली आक्रमणलाई जातीय सफायाकोे संज्ञा दिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend