Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामाथिको तीव्र आक्रमणले इजरायल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै


२, असोज २०८२
  • 167
    SHARES
  • गाजामाथिको तीव्र आक्रमणले इजरायल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै

    काठमाडौं – गाजा युद्धकाबीच इजरायल अन्तर्राष्ट्रिय रुपमा एक्लिँदै गएको छ । बेल्जियम, स्पेन, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया लगायत देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने तयारी गरिरहेका छन् ।

    बेल्जियमले वेस्ट बैंकका यहूदी बस्तिहरूबाट आयातमा प्रतिबन्ध, चरमपन्थी मन्त्रीहरूलाई अवाञ्छित घोषणा, र बस्तिमा बस्ने आफ्ना नागरिकहरूलाई कन्सुलर सेवा नदिने निर्णय गरिसकेको बीबीसीले जनाएको छ । 

    स्पेनले पनि इजरायली जहाज र विमानलाई आफ्नो बन्दरगाह र हवाई क्षेत्र प्रयोग गर्न नदिने, युद्धमा संलग्न व्यक्तिहरूलाई देश प्रवेशमा रोक लगाउने जस्ता कडा कदम चालेको छ ।

    नर्वेको २ ट्रिलियन डलरको सॉवरेन फन्डले इजरायली कम्पनीहरूबाट लगानी फिर्ता लिन थालेको छ भने युरोपेली युनियनले पनि व्यापारिक सम्झौता निलम्बन गर्ने चेतावनी दिएको छ ।

    युरोभिजन प्रतियोगिता, चलचित्र, खेलकुद लगायत साँस्कृतिक क्षेत्रबाट पनि इजरायलको बहिष्कार शुरू भएको खबरमा उल्लेख छ । जसमा एमा स्टोनजस्ता चर्चित कलाकारहरूको समर्थन रहेको खुलेको छ ।

    पूर्व कूटनीतिज्ञहरूले इजरायलको अन्तर्राष्ट्रिय अवस्था अहिले सम्मकै कमजोर भएको बताएका छन् । यद्यपि अमेरिकाले अझै पनि इजरायललाई पूर्ण समर्थन गरिरहेको छ । तर विश्लेषकहरूले इजरायलले अहिलेको नीतिमा परिवर्तन नगरे अन्तर्राष्ट्रिय समुदायबाट पूर्णरुपमा बहिष्कार हुन सक्ने चेतावनी दिएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend