Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले


२५, असोज २०८२
  • 191
    SHARES
  • इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

    काठमाण्डौ – इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो घर बस्तीमा फर्कन थालेका छन् । गाजा शहरबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका बीबीसीले जनाएको छ । कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर २० किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन् ।

    इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि सैन्य कारबाही बन्द गरेको जनाएको छ । दुई वर्षसम्मको युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आश जागेको छ । इजरायलले रिहा गर्ने योजना बनाएका दुई सय ५० जनासहित एक हजार सात सय प्यालेस्टिनी कैदीको सूची सार्वजनिक गरेको छ ।

    युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ । हमासको नियन्त्रणमा रहेका बन्धकहरु छिट्टै रिहा हुने छन् । बन्धकमध्ये २० जना मात्रै जीवित छन् ।

    तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जारी गरेको सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच युद्धविराम र बन्धक साटासाटको सम्झौतामा बुधबार सहमति भएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही थालेको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend