Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजा शान्ति सम्झौता अन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू मुक्त


२८, असोज २०८२
  • 154
    SHARES
  • गाजा शान्ति सम्झौता अन्तर्गत इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरू मुक्त

    काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको सम्झौताअनुसार इजरायल र हमासबीच बन्धक तथा कैदी आदानप्रदान भएको छ। हिजो हमासले सबै जीवित इजरायली बन्धकहरू फिर्ता गरेपछि इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली संसदलाई सम्वोधन गर्दै ‘मध्यपूर्वमा नयाँ युगको शुरूवात’ भएको बताउनुभयो । हिजै ट्रम्पले इजिप्टको शर्म एल–शेख शहरमा २० भन्दा धेरै देशका नेताहरूसँग युद्ध अन्त्यका आउँदो चरणबारे समेत छलफल गर्नुभएको छ ।

    सम्झौता अनुसार इजरायलले एक हजार सात सय अभियोगविहीन बन्दी र दुई सय ५० जना आजीवन कारावास भोगिरहेका प्यालेस्टिनीलाई मुक्त गरेको छ । यस घटनालाई दुई वर्षदेखि चलिरहेको गाजाको युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    तर, विशेषज्ञहरूले स्थायी शान्ति स्थापना गर्न अझ कठिन वार्ता र राजनीतिक सहमति आवश्यक रहेको बताएका खबरमा उल्लेख छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend