Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी


३, कात्तिक २०८२
  • 170
    SHARES
  • जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

    एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । यस नयाँ राजनीतिक सहकार्यसँगै पार्टीकी नेत्री साने ताकाइचीलाई जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खुलेको बताइएको छ । 

    यस घोषणा पश्चात् टोकियोको निक्केई २२५ सूचकांक तीन प्रतिशतभन्दा बढी बढ्दै ४९ हजार अंक नाघेको छ, जुन ऐतिहासिक रेकर्ड हो ।

    नयाँ गठबन्धन जापान इनोभेसन पार्टी (जेआइपी) सँग हुने भएको हो । जेआइपीले आइतबार राति अप्रत्याशित रूपमा एलडिपीसँग सहकार्यको निर्णय गरेको हो । जेआईपीका सह–प्रमुख हिरोफुमी योसिमुराले पत्रकारहरूलाई बताउँदै भने, ‘हिजो राति लामो विचार–विमर्शपछि मैले आज बिहान अध्यक्ष ताकाइचीलाई टेलिफोन गरी गठबन्धन सम्झौतामा पुग्ने सहमति जनाएँ । साँझ ६ बजे हामी औपचारिक रूपमा हस्ताक्षर गर्नेछौँ ।’

    एलडिपीकी ६४ वर्षीया नेत्री साने ताकाइची दक्षिणपन्थी विचारकी रूपमा चिनिन्छन्। उनी चीनविरुद्ध कडा र परम्परावादी धारणा राख्ने नेत्री मानिनुहुन्छ । यस महिनाको सुरुमा उनले पार्टीको नेतृत्व जितेका थिए । तर २६ वर्षदेखि साथ दिँदै आएको कोमेइटो पार्टीसँगको गठबन्धन पतन भएपछि उनको प्रधानमन्त्री बन्ने सम्भावना अस्थिर बनेको थियो ।

    कोमेइटो पार्टीले हालैको स्लस–फन्ड (अवैध कोष) घोटालापछि एलडिपीले पार्टीको वित्तीय पारदर्शिता सुनिश्चित गर्न असफल भएको भन्दै सम्बन्ध तोडेको थियो । त्यसमाथि ताकाइचीले विगतमा चीनमाथि दिएका कडा अभिव्यक्ति र युद्धकालीन मन्दिर भ्रमणका कारण सम्बन्ध थप चर्किएको बताइएको छ ।

    नयाँ गठबन्धनपछि पनि एलडिपी र जेआइपीको संयुक्त मत सङ्ख्या तल्लो सदनमा बहुमतभन्दा दुई सिट कम छ । तर दोस्रो चरणको रन–अफ मतदानमा ताकाइचीले अन्य उम्मेदवारभन्दा बढी समर्थन पाए प्रधानमन्त्री बन्न सक्ने सम्भावना अझै कायम रहेको विश्लेषकहरूको मत छ ।

    ताकाइची विगतमा आफ्ना गुरु, दिवङ्गत पूर्व प्रधानमन्त्री सिन्जो आबेको ‘अबेनोमिक्स’ आर्थिक नीतिलाई समर्थन गर्दै आक्रामक मौद्रिक सहजता र सरकारी खर्च विस्तारको पक्षमा रहेका छन् । मिजुहो सेक्युरिटिजका विश्लेषक युटाका मिउराले ब्लुमबर्गसँग कुरा गर्दै भन्दै, ‘लगानीकर्ताहरू ताकाइचीको सक्रिय वित्तीय नीतिहरूबाट उत्साहित भएका छन् ।’

    यद्यपि नयाँ गठबन्धनलाई संसद्को दुवै सदनमा अल्पसङ्ख्यक भएका कारण कानून निर्माणका लागि अन्य दलहरूको सहयोग आवश्यक हुनेछ । जेआइपीले उपभोग करलाई खाद्यमा शून्य दरमा झार्ने, कर्पोरेट अनुदान समाप्त गर्ने र सांसदहरूको सङ्ख्या घटाउने प्रस्ताव अघि सारेको क्योदो न्युजले जनाएको छ । रिपोर्ट अनुसार जेआइपीले ताकाइचीको मन्त्रिमण्डलमा कुनै पनि मन्त्री पद लिने छैन ।

    अर्थतन्त्र पुनर्जीवन र घट्दो जनसङ्ख्याको चुनौतीसँगै ताकाइचीका लागि अर्को ठूलो काम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सन्तुलनमा राख्नु हुनेछ । ट्रम्प यस महिनाको अन्त्यमा दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक)शिखर सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ । यसबीच वासिङ्टन र टोकियोबीचको व्यापार सम्झौता, रूसी ऊर्जा आयात रोक्ने माग र जापानको रक्षा खर्च बढाउने विषयहरू अझै अनिर्णित छन् ।

    सन् १९५५ देखि लगभग निरन्तर शासन गर्दै आएको एलडिपीको घट्दो जनसमर्थन रोकिने अपेक्षासँगै ताकाइचीमाथि ठूलो दबाब रहेको छ । उहाँलाई समर्थन दिने साना दलहरूमध्ये आप्रवासनलाई ‘मौन आक्रमण’ ठान्ने लोकप्रियतावादी सान्सितो पार्टी पनि सामेल छ । यद्यपि विदेशमा जन्मिएका बासिन्दाहरू जापानको कुल जनसङ्ख्याको मात्र करिब तीन प्रतिशत हुन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend