Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चीनको एकाधिकारलाई चुनाैती दिन अमेरिका र अस्ट्रेलियाबीच दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर


४, कात्तिक २०८२
  • 184
    SHARES
  • चीनको एकाधिकारलाई चुनाैती दिन अमेरिका र अस्ट्रेलियाबीच दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर

    काठमाण्डाै – अमेरिका र अस्ट्रेलियाले दुर्लभ खनिज आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । संवेदनशील खनिजमा चीनको एकाधिकारलाई चुनौती दिने विकल्पका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियासँग नयाँ सम्झौता गर्नुभएको हो ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानीजले आफ्नो देशको उत्खनन र प्रशोधन क्षमता बढाउन सघाउ पुर्‍याउने साढे आठ अर्ब अमेरिकी डलर लागतको पाइपलाइन निर्माणमा सहयोग गर्ने विषय पनि सम्झौतामा समेटिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

    सम्झौताको खाकामा दुवै देशले अमेरिका र अस्ट्रेलियाका परियोजनाहरूमा आउँदो ६ महिनाभित्र एक अर्ब अमेरिकी डलर लगानी गर्ने उल्लेख छ ।

    अस्ट्रेलियाले अमेरिका र बेलायतसँग गरेको ओकस पनडुब्बी सम्झौताको पनि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको छ । अहिले चीनले ७० प्रतिशत पृथ्वीका दुर्लभ खनिजहरू र ९० प्रतिशत प्रशोधित सामग्रीहरूमाथि नियन्त्रण कायम गरेको छ ।

    यस्ता खनिज रक्षा सामग्री कम्प्युटर चिप्स र कारमा प्रयोग गर्ने गरिन्छन् । अमेरिकी कम्पनीहरू यस्ता सामग्रीमा निकै परनिर्भर छन् । अमेरिकी कर वृद्धि र अन्य तनावहरूका कारण यसै वर्ष चीनले आपूर्तिलाई नियन्त्रण गर्न कदमहरू चालेपछि उनीहरूको चिन्ता थपिएको थियो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend