Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गयो


१७, कात्तिक २०८२
  • 151
    SHARES
  • अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गयो

    काठमाडौँ । शक्तिशाली भूकम्पमा परी अफगानिस्तानमा अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गएको छ भने तीन सय २० जना भन्दा धेरै घाइते भएका छन् ।

    बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्र, मजार–ए–शरिफ नजिकैको खोल्मामा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समय अनुसार गएराति एक बजे झन्डै २८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको थियो ।

    मजार–ए–शरिफका बस्तीका घरहरुमा क्षति पुगेको खबरमा उल्लेख छ । सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले धेरै ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ । यसै वर्ष अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो ।

    विशेषगरी हिन्दु कुश पर्वतशृंखलाको आसपास, युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू एक–अर्कासँग ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प जाने गर्छ । सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी भागमा सात म्याग्निच्युडभन्दा माथिका १२ वटा भूकम्प गैसकेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend