Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग


२, मंसिर २०८२
  • 137
    SHARES
  • पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

    काठमाण्डौ – बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ ।

    जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ ।

    बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ ।

    दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४ सय ५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा मृत्युदण्ड र अन्यमा आजीवन कारावास सुनाएको हो ।

    पूर्व गृहमन्त्री कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक अब्दुल्ला अल मनुनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय तोकिएको छ । फैसला सार्वजनिक भइरहँदा ढाका अदालत परिसरमा ठूलो भीड जम्मा भई नारा जुलुस देखिएको बीबीसीले जनाएको छ ।

    अभियोजनपक्षका अनुसार त्यतिबेला भएको विद्रोहमा १ हजार ४ सयको ज्यान गएको थियो भने झन्डै २५ हजार घाइते भएका थिए । हसिनामाथि रंगपुरका विद्यार्थी अबु सैदको हत्या, ढाका चंखर पुलमा ६ जनाको हत्या र ५ अगस्ट सन् २०२४ मा अशुलियामा भएका सामूहिक गोलीकाण्ड तथा शव जलाउने घटनामा संलग्नताको आरोप लगाइएको थियो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend