Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी शान्ति योजनामा युक्रेनको सहमति : ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीसँग भेट्ने


१०, मंसिर २०८२
  • 118
    SHARES
  • अमेरिकी शान्ति योजनामा युक्रेनको सहमति : ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीसँग भेट्ने

    काठमाण्डौ – रूस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको अमेरिकी शान्ति योजनामा युक्रेनले सहमति जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘समझदारी’ बनेको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।

    गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदाको शान्ति प्रस्ताव अघि सार्नुभएको थियो । यो प्रस्तावमा छलफल गरी अद्यावधिक समेत गरिएको छ । ट्रम्पले ट्रुथ सोसलमार्फत् जानकारी दिँदै प्रारम्भिक अमेरिकी प्रस्तावमा दुवै पक्षका सुझावहरू समेटिएको र केही मात्र विवादित मुद्दाहरू बाँकी रहेका बताउनुभएको छ ।

    ट्रम्पका अनुसार, शान्ति योजना अन्तिम चरणमा पुगेपछि मात्रै उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैसँग प्रत्यक्ष भेटवार्तामा जुट्नुहुनेछ । ट्रम्पले विशेष दूत स्टीभ विट्कफलाई मस्को पठाई पुटिनसँग छलफल गर्न भन्नुभएको छ ।

    तर, रूसले नयाँ मस्यौदाबारे आफूसँग छलफल नभएको भन्दै केही शंका व्यक्त गरेको खबरमा उल्लेख छ । रूसी विदेश मन्त्री सर्गेई लावरोभले प्रारम्भिक अमेरिकी फ्रेमवर्कमा रूस सकारात्मक रहे पनि यसमा केही तलमाथिको अवस्था राम्रो नहुने बताउनुभएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend