Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा


१७, मंसिर २०८२
  • 104
    SHARES
  • मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

    काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा घोषणा गर्नुभएको छ । विश्वासको मत लिनका लागि बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा घोेषणा गर्नुभएको हो ।

    २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी थियो । तर विश्वासको मत पाउने अवस्था नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो ।

    एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले गएकाे कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा शपथ लिनुभएको थियो । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए ।

    अस्ति सोमवार सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । १०७ सदस्यीय प्रदेशसभामा सरकारलाई बहुमतका लागि ५४ मत चाहिन्छ । सबैभन्दा  ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन् ।  जसमा एक सांसद निलम्बित छन् ।  १–१ सिट रहेका नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाबाहेक सबै सांसद यादवको विपक्षमा छन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend