Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जम्मूकाश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप : ६ जनाविरुद्ध अभियोग दर्ता


१, पुस २०८२
  • 113
    SHARES
  • जम्मूकाश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप : ६ जनाविरुद्ध अभियोग दर्ता

    काठमाण्डौ – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा ६ जनाविरुद्ध अभियोग दर्ता गरेको छ ।

    आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    अभियोग लगाइएकामध्ये तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना अहिले भारतीय हिरासतमा रहेका छन् । गएको अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटकहरू रहेका थिए । घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।

    भारतले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ ।

    प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।  

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend