Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन :ट्रम्प


२१, पुस २०८२
  • 117
    SHARES
  • युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैन :ट्रम्प

    फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीहरूको निष्कर्ष रहेको बताएका छन् । यसअघि क्रेमलिनले युक्रेनले पुटिनको आवास नजिक ड्रोन आक्रमण गरेको दाबी गरेका थिए ।

    ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुन सक्छ, तर सो आवास नै लक्षित गरिएको प्रमाण अमेरिकी पक्षले फेला पारेको छैन । उनले आवश्यक जाँचपछि यस्तो निष्कर्षमा पुगेको बताए ।

    यो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच युद्ध अन्त्यका लागि प्रस्तावित २० बुँदे योजनाबारे वार्ता भएको लगत्तै आएको थियो । जेलेन्स्कीले सुरुबाटै सो आरोप अस्वीकार गरेका थिए । युरोपेली अधिकारीहरूले पनि उक्त दाबी शान्ति प्रयासलाई कमजोर पार्ने रुसी प्रयास भएको बताएका छन् ।

    ट्रम्पले युक्रेन युद्ध छिटो अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आएका छन्, तर रुसी पक्षले आफ्ना मुख्य उद्देश्य पूरा नभएसम्म वार्तामा रुचि नदेखाएको सङ्केत दिएको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend