Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद


९, माघ २०८२
  • 85
    SHARES
  • ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

    काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि त्यहाँ राजनीतिक र कूटनीतिक वृत्तमा मतभेद देखिएको छ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बिहीबार दावोसमा आयोजित ‘बोर्ड अफ पिस’को आधिकारिक समारोहमा सहभागी भए। कार्यक्रममा पाकिस्तानी सेनाका फील्ड मार्शल सैयद आसिम मुनीर पनि उपस्थित थिए।

    ट्रम्पले भारत र पाकिस्तानसहित विभिन्न देशलाई गाजासम्बन्धी ‘बोर्ड अफ पिस’मा सहभागी हुन आमन्त्रण गरेका थिए। भारत सरकारले भने यसबारे अझै कुनै निर्णय गरिसकेको छैन। तर पाकिस्तानले ट्रम्पको निम्तो स्वीकार गर्दै सहभागिता जनाएको हो।

    पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘बोर्ड अफ पिस’मार्फत स्थायी युद्धविराम, फलस्तिनीहरूका लागि मानवीय सहायता विस्तार र गाजाको पुनर्निर्माणमा ठोस कदम चालिने अपेक्षा व्यक्त गरिएको छ। साथै, यी प्रयासले फलस्तिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने पाकिस्तानको विश्वास छ।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend