Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जापानमा मतदान चल्दै : प्रधानमन्त्री ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण


२५, माघ २०८२
  • 108
    SHARES
  • जापानमा मतदान चल्दै : प्रधानमन्त्री ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण

    काठमाण्डौ –जापानमा आज मतदान भैरहेको छ । तल्लो सदनको ४६५ सदस्यका लागि आज बिहानदेखि मतदान शुरु भएको र बेलुका ८ बजेसम्म चल्नेछ । जापानको निर्वाचन आयोगका अनुसार त्यहाँ साढे १० करोडभन्दा धेरै मतदाता छन् । २ सय ८९ प्रत्यक्ष र १ सय ७६ समानुपातिक गरी कुल ४ सय ६५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ ।

    यो चुनावबाट प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण हुनेछ । ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक (एलडिपी)को तल्लो सदनमा यसअघि १ सय ९८ सांसद थिए । ४ सय ६५ सदस्यीय प्रतिनिधि सभा (तल्लो सदन) मा बहुमतका लागि २ सय ३३ सांसद आवश्यक हुन्छ ।

    एलडीपी एक्लैको बहुमत नभएका कारण ताकाइची गठबन्धन सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो । गठबन्धनमा साझेदार जापान इनोभेसन पार्टी (इशिन) रहेको थियो । गठबन्धनमा काम गर्न सहज नभएको भनेर उहाँले हालै संसद विघटन गरेर चुनाव घोषणा गर्नुभएको थियो ।

    अहिले विपक्षी ठूलो दल सेन्ट्रिस्ट रिफर्म एलायन्स छ । चिसो र हिमपातकाबीच ३६ वर्षपछि पहिलो पटक जाडो मौसममा जापानमा चुनाव भएको हो । मतदान सकिएलगत्तै प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसअघि २ करोड ७ लाख ९६ हजारभन्दा धेरै मतदाताले अग्रिम मतदान गरेका छन् । चुनावी नतिजाले जापानको आउँदो आर्थिक नीति र आप्रवासन सुरक्षाको दिशा तय गर्ने विश्वास गरिएको बीबीसीले जनाएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend