Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण


५, फागुन २०८२
  • 85
    SHARES
  • बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्वारा शपथ ग्रहण

    काठमाण्डाै – बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले बङ्गलादेशको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

    राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकामा रहेको संसद् भवनमा आज एक कार्यक्रमकाबीच रहमानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यस्तै नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । यसअघि बिहान बीएनपी संसदीय दलले उहाँलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो ।

    बङ्गलादेशमा इतिहासमा पहिलो पटक मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह खुला आकाशमुनि आयोजना भएको छ ।

    अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेपालसहित १३ वटा देशलाई निमन्त्रणा पठाउनुभएको थियो । शपथ समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुनुभयो ।

    गएको बिहीवार भएको चुनावमा बीएनपीले दुईतिहाइ सिट जितेको थियो । ६० वर्षीय तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुनुहुन्छ । उहाँ १७ वर्षपछि चुनावअघि मात्रै देश फर्किनुभएको हो ।

    विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकारलाई अपदस्थ गरेको १८ महिनापछि बङ्गलादेशमा चुनाव भएको हो ।

    बङ्गलादेशका प्रधानमन्त्री रहमानले राजनीतिक स्थिरता पुनर्स्थापना गर्ने, लगानीकर्ताको विश्वास पुनर्निर्माण गर्ने र सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछिको लामो उथलपुथलपछि गार्मेन्ट क्षेत्रजस्ता प्रमुख उद्योगहरूलाई पुनर्जीवित गर्ने जस्ता तत्काल चुनौतीहरूको सामना गर्नुभएको समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend