Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए


१५, फागुन २०८२
  • 96
    SHARES
  • युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए

    इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार राति ढिलो अफगानिस्तानले  पाकिस्तानमाथि हमला गरेको छ। 

    कुनार प्रान्तमा तालिवान लडाकुले गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएको जानकारी टोलो न्यूजले तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै दिएको छ।

    अफगान सरकारको दाबी अनुसार २३ पाकिस्तानी सैनिकका शव उनीहरूको नियन्त्रणमा छन्। पाकिस्तानी सेनाको एउटा मुख्यालय र १९ वटा चौकी पनि कब्जा गरिएको छ।

    अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फितरतले केही पाकिस्तानी सैनिकलाई जिउँदै पक्राउ गरिएको तथा धेरै हतियार, एउटा ट्यांक र एउटा हार्भेस्टर जफत गरिएको बताएका छन्।

    उता पाकिस्तानी मिडियाका अनुसार जबाफी कारबाहीस्वरूप पाकिस्तान सरकारले ‘अपरेसन गजब लिल हक’ सुरु गरेको छ। 

    पाकिस्तान वायुसेनाले काबुल, नंगरहार प्रान्त लगायत विभिन्न सहरमा एयरस्ट्राइक गरेको छ। रिपोर्ट अनुसार पाकिस्तानका आक्रमणहरू अझै जारी छन्।

    पाक सरकारले हालसम्म ७२ अफगान तालिबान लडाकु मारिएका जनाएको छ । १२० भन्दा बढी घाइते भएका छन्। १६ तालिबान चौकी ध्वस्त पारिएको र ७ वटामा कब्जा गरिएको बताइएको छ।

    पाकिस्तान–अफगानिस्तान सीमामा भएको झडपमा अफगान पक्षले पाकिस्तानका कम्तीमा आठ वटा चौकी कब्जा गरेको दाबी गरेको छ। पछिल्ला केही दिनदेखि बढ्दै गएको तनावपछि दुवै देशका सीमा सुरक्षाबीच भारी भिडन्त भएको बताइएको छ।

    अफगान तालिबान प्रशासनले पाकिस्तानले पहिले हवाई आक्रमण गरेको भन्दै त्यसको प्रतिशोधस्वरूप सीमा क्षेत्रमा कारबाही गरिएको जनाएको छ। उनीहरूले केही पाकिस्तानी सैनिक मारिएको तथा चौकीहरू आफ्नो नियन्त्रणमा आएको दाबी गरेका छन्।

    उता पाकिस्तानी अधिकारीहरूले आफ्ना पोस्ट कब्जा नभएको र उल्टै अफगान लडाकुलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्। दुवै पक्षले एकअर्कामाथि ‘उक्साहट’ र ‘अकारण आक्रमण’ को आरोप लगाइरहेका छन्।

    यो घटना दुवै देशबीचको डुरन्ड रेखा क्षेत्रमा बढ्दै गएको तनावको पछिल्लो कडी मानिएको छ, जहाँ पछिल्ला महिनाहरूमा पटकपटक गोली हानाहान र सैन्य कारबाही हुँदै आएको छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend