Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलद्वारा इरानमाथि आक्रमण, दुवै देशको हवाई सेवा बन्द


१६, फागुन २०८२
  • 144
    SHARES
  • इजरायलद्वारा इरानमाथि आक्रमण, दुवै देशको हवाई सेवा बन्द

    काठमाडौं । इजरायलले इरानविरूद्ध आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा विष्फोटनका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सीले अहिलेसम्म तेहरानमा तीनवटा विष्फोटको आजाव सुनिएको जनाएको छ ।

    फार्स न्युज एजेन्सीले तेहरानको डाउनटाउनमा कयौं विष्फोटका आजावहरू सुनिएको जनाएको छ । एजेन्सीले तेहरानको डाउनटाउनमा भएका तीनवटै विस्फोटको तस्वीरहरू पनि प्रकाशित गरेको छ ।

    समाचार एजेन्सीले प्रारम्भिक रिपोटअनुसार कयौं मिसाइलहरू दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा खसेका संकेत प्राप्त भएको पनि जनाएको छ । इजरायलले इरानविरूको आक्रमणलाई ‘सतर्कतामा गरिएको हमला’ भनेको छ ।

    इजरायलका रक्षामन्त्री इजराइल कात्सले बयान जारी गरेर पूरै इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’ को घोषणा गरेका छन् । उता अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूमा इरानमाथिको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको उल्लेख गरेका छन् ।

    सीएनएनको रिपोर्टमा इजराइली आक्रमण अमेरिकाको साथ र सहयोगमा गरिएको उल्लेख छ । उडानहरूका लागि बन्द गरेको बीबीसीले जनाएको छ । इस्लामिक रेभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित तस्निम न्युज एजेन्सीले इरानको हवाई क्षेत्र पनि बन्द गरिएको उल्लेख गरेको छ ।

    इजरायली अधिकारीहरूले इरानमा गरिएको आक्रमणपछि शनिवार हवाई क्षेत्रहरू नागरिक उडानका लागि बन्द गरिएको बताएका छन् । इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता माजिद अखवानले पनि पूरै देशमा हवाई सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको घोषणा गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend