Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सांस्कृतिक पर्यटनमार्फत समृद्धि सम्भवः मुख्यमन्त्री आचार्यको सन्देश


१२, चैत २०८२
  • 99
    SHARES
  • सांस्कृतिक पर्यटनमार्फत समृद्धि सम्भवः मुख्यमन्त्री आचार्यको सन्देश

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सांस्कृतिक पर्यटनको विकासलाई प्रदेश समृद्धिको प्रमुख आधारका रूपमा औंल्याउँदै चैते दशैंले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

    चैते दशैंको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना व्यक्त गरेका छन्।

    उनले चैते दशैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग गाँसिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले समाजलाई एकताबद्ध बनाउने र सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए।

    उनका अनुसार मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनले पर्यटन विकासमा टेवा पुर्‍याउने मात्रै होइन, आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त गर्छ। “लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक पर्यटनको विकासमार्फत समृद्धि हासिल गर्ने स्पष्ट लक्ष्य लिएको छ,” सन्देशमा भनिएको छ।

    मुख्यमन्त्री आचार्यले नेपालको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायमा आधारित समावेशी शासन व्यवस्थाले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्ने वातावरण सिर्जना गरेको उल्लेख गरेका छन्।

    उनले विविध चाडपर्वहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँदै आएको पनि बताएका छन्। सन्देशको अन्त्यमा उनले चैते दशैंले नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र भातृत्व अझ प्रगाढ बनाउँदै सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मकता ल्याओस् भन्ने कामना व्यक्त गरेका छन्।

    यसैबीच, प्रदेश सरकारले चैते दशैंको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend