Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


१९, चैत २०८२
  • 59
    SHARES
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    काठमाण्डौ - इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय र ऐतिहासिक शहर टर्नेटबाट झण्डै १२० किलोमिटरको दूरीमा रहेको छ । 

    केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । भूकम्पको धक्का जापानसम्म महसुस गरिएको छ । 

    जापानले पनि आफ्ना केही समुद्री तटमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी दिएको छ । मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुईवटा पराकम्प गएका छन् । थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिइएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । 

    प्रभावित क्षेत्रमा उद्दार तथा राहत टोलीहरु खटिएका छन् । उनीहरूका अनुसार अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त भैसकेको छैन । स्थानीय प्रशासनले आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखेको जनाएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend