Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु


२६, चैत २०८२
  • 90
    SHARES
  • लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु

    काठमाडौं । इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।

    बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने देशभर १८२ जनाको मृत्यु पुष्टि गरेको छ, यद्यपि यो अन्तिम विवरण नभएको उसले जनाएको छ ।

    राजधानी बेरुतमा मात्रै ९१ जनाको ज्यान गएको छ ।

    संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले ‘यस्तो नरसंहार अविश्वसनीय र भयावह’ भएको टिप्पणी गरेका छन् ।

    बुधबार दिउँसो लगातार पाँच पटकसम्म ठूला विस्फोट हुँदा आकाशमा धुवाँका मुस्लाहरू देखिएका थिए ।

    इजरायली सेनाका अनुसार १० मिनेटभित्र बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानका १०० भन्दा बढी सैन्य संरचना र कमाण्ड केन्द्रमा समन्वित आक्रमण गरिएको थियो ।

    यसैबीच, हिज्बुल्लाहले युद्धविराम उल्लंघनको आरोप लगाउँदै उत्तरी इजरायलको मनारा क्षेत्रमा रकेट आक्रमण गरेको जनाएको छ । ‘हाम्रो देश र जनतामाथिको इजरायली–अमेरिकी आक्रमण बन्द नभएसम्म जवाफ जारी रहनेछ,’ हिज्बुल्ला समूहले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    हिज्बुल्लाहले इजरायलतर्फ गत मार्च २ आक्रमण गरेपछि इजरायल आक्रामक देखिएको छ । त्यसपछि इजरायलले हवाई तथा स्थल आक्रमण तीव्र बनाएको छ ।

    क्षेत्रीय युद्धविराम प्रयास संकटमा

    यस घटनाले क्षेत्रीय युद्धविराम प्रयासमाथि गम्भीर प्रश्न उठाएको रोयटर्सको समाचारमा उल्लेख छ ।

    इमेरिका र इरानबीच बुधबारदेखि सुरु भएको दुई साताको युद्धविरामलाई इजरायलले पनि समर्थन गरेको छ । तर इजरायलले लेबनानमा भने आक्रमण नरोक्ने स्पष्ट पारेको छ ।

    इरानी राष्ट्रपति मसूद पेज़ेशकियनले भने लेबनानमा युद्धविराम कायम हुनु आफ्नो देश र अमेरिकाबीचको सहमतिको मुख्य शर्त भएको बताएका छन् ।

    इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणबाट उद्धार कार्य निकै कठिन भएको स्थानीय सञ्चारकर्मीले बताएका छन् ।

    एम्बुलेन्स अभावका कारण घाइतेलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याइएको देखिएको छ ।

    बेरुतका ठूला अस्पतालहरुले सबै समूहको रगत आवश्यक भएको भन्दै सहयोगको अपिल गरेका छन् ।

    आक्रमणका कारण राजधानीका ठूला भवनहरु ध्वस्त भएका छन् । उद्धारकर्मीहरूले एक वृद्ध महिलालाई क्रेनको सहायताले भवनबाट बाहिर निकालेको दृश्य देखिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend