Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन


२९, चैत २०८२
  • 95
    SHARES
  • इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

    काठमाण्डौ- अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ । 

    पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    उपराष्ट्रपति भ्यान्सले अमेरिका 'सद्भावका साथ' वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता चाहिएको भए पनि अहिलेसम्म त्यो नदेखिएको उहाँको भनाइ छ ।

    यसैबीच इरानी विदेश मन्त्रालयले वार्तालाई सकारात्मक भन्दै अमेरिकालाई आफ्ना अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना “वैध अधिकार र हित” स्वीकार गर्नुपर्नेमा जोड दिएको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामले खासै फरक नपर्ने टिप्पणी गर्दै 'जे भए पनि हामी जित्छौँ' भन्ने प्रतिक्रिया दिनुभएको छ । वार्ताको मुख्य केन्द्रबिन्दु इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव अन्त्य गर्ने विषयहरू थिए । 

    यसै क्रममा अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको जनाएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको अभियान अझै नसकिएको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  उहाँले लेबनानसँग दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए पनि इरानविरुद्ध 'अझै धेरै गर्न बाँकी रहेको' पनि उल्लेख गरेको खबरमा उल्लेख छ । 

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा उनीहरूको कुनै कमजोरी नभएको बताउनुभएको छ । यो ऐतिहासिक वार्ताले संवादको ढोका खुला राखे पनि तत्काल कुनै सहमति नजुट्नुले मध्यपूर्व क्षेत्रमा तनाव कायमै रहने सङ्केत दिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend