Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानद्वारा व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको घोषणा


५, वैशाख २०८३
  • 91
    SHARES
  • इरानद्वारा व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको घोषणा

    काठमाण्डौ- इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ ।

    विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्ध विरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ । इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ । 

    अमेरिका र इरान बीचको युद्ध विराम यही अप्रिल २२ तारिख अर्थात् आउँदो बुधबार सकिंदैछ । अमेरिका र इजरायलले तीन महिनाअघि इरानमा आक्रमण गरेदेखि तेल ढुवानी मार्ग पनि प्रभावित हुँदै आएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ । 

    हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो । यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको सहमति भए पछि आएको हो । 

    इरान समर्थित हिज्बुल्लाहले पनि युद्ध विराम सम्झौता पालना गर्ने जनाएको छ । युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्वका शीर्ष नेताहरूले सहमतिको लागि खुशी व्यक्त गरेका छन् । 

    हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी भएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend