Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अक्षय तृतीयामा निवृत्त राष्ट्रसेवकद्वारा सातु-सर्वत वितरण कार्यक्रम


७, वैशाख २०८३
  • 405
    SHARES
  • अक्षय तृतीयामा निवृत्त राष्ट्रसेवकद्वारा सातु-सर्वत वितरण कार्यक्रम

    बुटवल l पवित्र अक्षय तृतीया को अवसरमा निवृत्त राष्ट्रसेवक समाज, नेपाल अन्तर्गत जिल्ला कार्य समिति रूपन्देहीले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गर्ने भएको छ । समाजका अनुसार, वैशाख ७ गते सोमबार बिहान ७ बजेदेखि बुटवल-९ कालिकापथस्थित शितलकुञ्जमा सर्वसाधारणका लागि सातु तथा सर्वत वितरण गरिनेछ।

    गर्मी मौसमलाई ध्यानमा राख्दै शीतल पेय पदार्थ वितरणमार्फत सेवा, सद्भाव र सहकार्यको सन्देश फैलाउने उद्देश्य रहेको जनाइएको छ । कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहकार्य रहनेछ । शितलकुञ्ज टोल विकास संस्था, सिर्जना आमा समूह तथा शितलकुञ्ज भजन टोली लगायतका संस्थाहरू सक्रिय रूपमा सहभागी हुनेछन् ।

    निवृत्त राष्ट्रसेवक समाजले प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, न्याय सेवा तथा बैंक तथा वित्तीय संस्थाबाट अवकाश प्राप्त व्यक्तिहरूलाई एकीकृत गर्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    समाजका अध्यक्ष हेम बहादुर पछाइ क्षेत्रीका अनुसार, “सब निवृत्त राष्ट्रसेवक एक हो” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै सेवा, एकता र मानवीय मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    2.jpg

     

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend