Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


९, वैशाख २०८३
  • 109
    SHARES
  • वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन्।

    ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्। यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै भनेका छन्, ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै पक्षबाट तयार र सक्षम रहन निर्देशन दिएको छु। त्यसैले, इरानको प्रस्ताव पेस नभएसम्म र छलफल कुनै न कुनै निष्कर्षमा नपुगेसम्मका लागि युद्धविराम बढाइनेछ।’

    तेहरानले थप वार्ताका लागि आनाकानी गरिरहेका बेला ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण रोकेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामको म्याद थप गर्ने आफ्नो अनुरोध स्वीकार गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्।

    ‘मलाई पूर्ण आशा छ कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र द्वन्द्वको स्थायी अन्त्यका लागि इस्लामाबादमा तय गरिएको दोस्रो चरणको वार्तामा एक विस्तृत शान्ति सम्झौता गर्न सफल हुनेछन्,’ सरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्। सरिफले द्वन्द्वको वार्ताद्वारा समाधान खोज्न आफ्नो सरकारले गम्भीर प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    यसैबीच, उपराष्ट्रपति जेडी भान्स मंगलबार पूर्वयोजनाअनुसार इस्लामाबाद प्रस्थान गरेनन्। ह्वाइट हाउसले पत्रकारहरूलाई दिएको जानकारीअनुसार, उनी अहिले वासिङ्टनमै रहनेछन्। उनको पाकिस्तान भ्रमण हाललाई स्थगित गरिएको छ।

    इरानले पनि अमेरिकासँगको वार्ताका लागि पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने भन्नेबारे अझै निर्णय नगरेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन्। 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend