Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द भएको राष्ट्रपति ट्रम्पको घोषणा


१३, वैशाख २०८३
  • 147
    SHARES
  • अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द भएको राष्ट्रपति ट्रम्पको घोषणा

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले गर्ने भनेको पाकिस्तान भ्रमण रद्द गर्नुभएको छ । इरानी प्रतिनिधिमण्डलले इस्लामावाद छोडेको केही समयपछि अमेरिकी टोलीको पूर्वनिर्धारित भ्रमण रद्द भएको हो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले वार्ताको लागि लामाे समय बर्बाद गरेको बताउदै यदि इरानले वार्ता गर्न चाहेको खण्डमा फोन गर्नसक्ने बताउनुभयो । यसअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गर्नुभएको थियो ।

    इरानी सरकारी सञ्चारमाध्यमले विदेशमन्त्री अराघची र सेना प्रमुख असिमबीच इस्लामवादमा भेटवार्ता भएको जनाएकाे हो । विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल शनिबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको थियो । पाकिस्तानमा रहेको इरानी दूतावासले इरान र पाकिस्तानबीच ‘द्विपक्षीय मामिलाको समीक्षा’ गर्ने जनाएको छ ।

    अमेरिका र इरानका प्रतिनिधिमण्डलले यसै हप्ता पाकिस्तानका अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गर्ने जनाइएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend