Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया


१९, वैशाख २०८३
  • 87
    SHARES
  • अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया

    काठमाण्डौ - इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ । 

    नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन । इरान र अमेरिकाबीच यसअघि एक चरणमा मात्र वार्ता सम्पन्न भएको थियो । त्यो वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन । अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको भन्दै वार्तामा सहभागी हुन इरानले नमानेपछि र इरानले मुख्य स्ट्रेट अफ हर्मुजलाई धेरै हदसम्म बन्द राखेको भन्दै अमेरिकाले यसलाई खोल्न दबाब दिएपछि वार्ता रोकिएको छ ।

    इरानका विदेशमन्त्री अब्बास अराघीचीले हिजो मात्रै साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीसँग टेलिफोन गरी इरानले युद्ध अन्त्य गर्न गरिरहेको पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्तावलाई अस्वीकार गर्नुभएको छ । 

    इरानको नयाँ प्रस्ताव स्वीकार गर्न नसकिने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ताबारे इरानको नेतृत्व नै अलमलमा परेको टिप्पणी गर्नुभएको छ । यसअघि अप्रिल २६ र २७ तारिखमा पनि इरानले आफ्नो प्रस्ताव पेस गरेको थियो, जुन ट्रम्पले अस्वीकार गर्नुभएको थियो । 

    इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने ट्रम्पको अडान यथावत् छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend