Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा


२०, वैशाख २०८३
  • 94
    SHARES
  • जर्मनीबाट ५ हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा

    एजेन्सी । पेन्टागनका प्रवक्ता सन पार्नेलले जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको बताउनुभएको छ ।

    पश्चिम एशियामा जारी युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको जनाएको हो ।

    यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको प्रवक्ता पार्नेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४ सय ३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए । भने इटालीमा १२ हजार ६ सय ६२ र स्पेनमा तीन हजार ८ सय १४ अमेरिकी सैनिक थिए । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिने जानकारी गराउनुभएको छ ।

    युरोपेली संघले गत वर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागू हुनेगरी युरोपेली संघबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिने बताउनुभयो। नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समार्फत यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिने बताउनुभएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend