Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि


२८, वैशाख २०८३
  • 86
    SHARES
  • स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि

    वासिङ्टन । हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।”

    “सावधानीका लागि दुवै यात्रु अहिले विमानको ‘बायोकन्टेनमेन्ट युनिट’मा यात्रा गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ।स्पेनको क्यानरी टापुबाट उद्धार गरिएका अमेरिकी यात्रुहरूलाई ग्रामीण राज्य नेब्रास्काको विशेष केन्द्रमा लगिनेछ। सामान्य लक्षण देखिएका व्यक्तिलाई दोस्रो सेन्टरमा लगिनेछ ।

    आगमन पछि ‘प्रत्येक व्यक्तिको क्लिनिकल मूल्याङ्कन हुनेछ र उनीहरूको अवस्थाको आधारमा उचित हेरचाह र सहयोग प्रदान गरिनेछ । अर्जेन्टिनाबाट छुटेको ‘एमभी होन्डियस’ जहाजमा हन्ता भाइरस सङ्क्रमित तीन यात्रुहरूको मृत्यु भएको थियो भने अन्य केही व्यक्तिमा दुर्लभ यस रोगको भाइरस फेला परेको थियो । यो सामान्यतया मुसाहरूबाट सर्ने भाइरस हो । रासस

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend