Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी


३, जेठ २०८३
  • 85
    SHARES
  • हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी

    काठमाण्डौ - इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । 

    जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ । यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ । 

    यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्यवृद्धिको सम्भावना बढेको छ । विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति यही बाटो भएर जान्छ । कतार, साउदी अरब, युएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ । 

    चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एशियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । तेहरानमा युद्धपछि मूल्यवृद्धि अत्यधिक बढेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्पजस्तै बनेको खबरमा उल्लेख छ । इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ । 

    यस्तै लेबनानमा इजरायल र हिजबुल्लाहबीचको आक्रमण जारी छ । इजरायलले दक्षिणी लेबनानका सय भन्दा बढी ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । हिजबुल्लाहले  पनि उत्तरी इजरायलतर्फ ड्रोन हमला गरेको जनाएको छ ।

    इजरायले लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थपिए पनि दुवै पक्षबीच एक अर्कामाथिको आक्रमण रोकिएको छैन । राष्ट्रसंघले युद्धविरामको स्वागत गरेको छ । 

    मध्यपूर्व अहिले बहु आयामिक सङ्कटमा फसेको छ । इरान–अमेरिका तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति र अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको छ । आउँदा केही दिन परिस्थिति अझ संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend