Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको पछिल्लो अवस्थाबारे टेलिफोन वार्ता


३, जेठ २०८३
  • 33
    SHARES
  • यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको पछिल्लो अवस्थाबारे टेलिफोन वार्ता

    अबुधाबी । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गरेको बताइएको छ ।

    संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेषगरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गरेका थिए।

    वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । दुवै नेताले आपसी सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको समाचारमा उल्लेख छ ।

    यसैबीच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबीच कैदी आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले गर्दै आएको मध्यस्थता प्रयासको प्रशंसा गरेका छन् । उनले उक्त पहललाई मानवीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको बताएको समाचार संस्थाले जनाएको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend