Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हर्मुजमा इरानको कडा नियन्त्रण


७, जेठ २०८३
  • 81
    SHARES
  • हर्मुजमा इरानको कडा नियन्त्रण

    तेहरान । इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्गमध्ये पर्ने स्ट्रेट अफ हर्मुजमाथि आफ्नो नियन्त्रण अझ कडा बनाउने कदमस्वरूप नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा औपचारिक रूपमा निर्धारण गरेको छ । नयाँ गठन गरिएको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले अब जलघाँटी पार गर्ने जहाजहरूले अनिवार्य रूपमा समन्वय र अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।

    पिजिएसएले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार नयाँ पर्यवेक्षण क्षेत्र इरानको कुह मोबारकदेखि संयुक्त अरब इमिरेट्सको फुजैराको दक्षिणी समुद्री क्षेत्रसम्म फैलिएको छ । यो क्षेत्र स्ट्रेट अफ हर्मुजको पूर्वी भागमा पर्ने बताइएको छ । इरानको केश्म टापुको अन्तिम विन्दु र संयुक्त अरब इमिरेट्सको उम्म अल–कैवेनलाई जोड्ने काल्पनिक रेखाबाट यो व्यवस्थापन क्षेत्र सुरु हुने उल्लेख गरिएको छ ।

    नयाँ व्यवस्थाअनुसार हर्मुज जलघाँटी हुँदै यात्रा गर्न चाहने जहाजहरूले ‘पर्सियन खाडी जलमार्ग व्यवस्थापन’ निकायसँग अनिवार्य रूपमा समन्वय गर्नुपर्नेछ । साथै पिजिएसएबाट पूर्वअनुमति नलिई कुनै पनि जहाजले उक्त क्षेत्रमा प्रवेश गर्न नपाउने स्पष्ट पारिएको छ । व्यवस्थापन निकायले जलमार्गको सुरक्षा, सञ्चालन र निगरानीलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ ।

    यो घोषणा अमेरिका र इरानबीच जारी शान्ति वार्तामा कुनै प्रगति नभइरहेका बेला आएको हो । दुवै पक्ष आ–आफ्ना अडानमा अडिग रहेका छन् । वासिङ्टनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न दबाब दिइरहेको छ भने तेहरानले आफ्नो ऊर्जा सुरक्षा र स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रणलाई राष्ट्रिय अधिकारको विषयका रूपमा प्रस्तुत गरिरहेको छ ।

    इरानले सोमबार मात्रै स्ट्रेट अफ हर्मुजसँग सम्बन्धित सम्पूर्ण गतिविधिको अनुगमन र व्यवस्थापन गर्न नयाँ नियामक निकाय स्थापना गरिएको घोषणा गरेको थियो । इस्लामिक गणतन्त्रको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि पिजिएसएको आधिकारिक एक्स खाता सक्रिय भएको जानकारी पुनः सार्वजनिक गर्दै नयाँ निकाय सञ्चालनमा आएको पुष्टि गरेको थियो ।

    विश्लेषकहरूले यस कदमलाई विश्व ऊर्जा आपूर्ति प्रणालीसँग प्रत्यक्ष सम्बन्धित रणनीतिक सन्देशका रूपमा हेरिरहेका छन् । स्ट्रेट अफ हर्मुज विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ । यहाँबाट विश्वको ठूलो हिस्सा कच्चा तेल तथा ऊर्जा आपूर्ति हुने गर्दछ । नयाँ निकायको स्थापनासँगै इरानले अब जलमार्गको सञ्चालन, अनुगमन र प्रशासनिक नियन्त्रणलाई संस्थागत स्वरूप दिएको सङ्केत देखिएको छ ।

    यस महिनाको सुरुआतमै इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीले तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमन नियन्त्रण गर्न नयाँ संयन्त्र लागू गरेको जनाएको थियो । रिपोर्टअनुसार अब उक्त जलमार्ग प्रयोग गर्न चाहने सबै जहाजहरूले info@PGSA.ir ठेगानाबाट आधिकारिक इमेल प्राप्त गर्नेछन् । यसमा मार्ग प्रयोगसम्बन्धी नियम, प्रक्रिया र निर्देशन समावेश रहनेछन् ।

    नयाँ संरचनाअन्तर्गत जहाजहरूले जारी गरिएका निर्देशन पालना गर्नुपर्नेछ र हर्मुज प्रवेश गर्नुअघि ट्रान्जिट अनुमति लिन अनिवार्य गरिएको छ । हाल अमेरिका–इजरायल गठबन्धन सेना र इरानबीचको तनावका कारण यो समुद्री मार्गमा अस्थिरता र अवरोध बढिरहेका बेला इरानले आफ्नो नियन्त्रण प्रणालीलाई थप औपचारिक र कडा बनाएको हो ।

    प्रेस टिभीले पिजिएसएको यो पहललाई ‘सार्वभौम शासन संयन्त्र’ का रूपमा वर्णन गरेको छ । इरानले नयाँ संरचना अहिले पूर्ण रूपमा सञ्चालनमा रहेको र यसमार्फत स्ट्रेट अफ हर्मुजमा हुने गतिविधिमाथि प्रत्यक्ष निगरानी गरिने जनाएको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend