Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

“सुकुम्बासीलाई विस्थापित होइन, सम्मानजनक आवास दिनुपर्छ” लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने (साथमा भिडियो)


७, जेठ २०८३
  • 126
    SHARES
  • “सुकुम्बासीलाई विस्थापित होइन, सम्मानजनक आवास दिनुपर्छ”  लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने (साथमा भिडियो)

    देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ भन्दै आफ्नो धारणा प्रश्ट राखेकी छिन् । उनले सुकुम्बासी समस्या, किसानका पीडा, सांसदहरूबीचको विभेद र अध्यादेशमार्फत शासन सञ्चालनको प्रवृत्तिबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    सदनमा बोल्दै न्यौपानेले विकास र व्यवस्थापनको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीलाई उचित विकल्पबिना हटाउने प्रयास भइरहेको भन्दै यसले मानव अधिकार र मौलिक हकमाथि गम्भीर असर पारेको बताइन् ।

    उनले भनिन्, “राज्यको दायित्व नागरिकलाई विस्थापित गर्ने होइन, सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गर्नु हो । वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित आवासको ग्यारेन्टी गर्न सरकार गम्भीर हुनुपर्छ ।”

    किसानका समस्या समाधान गर्न माग

    प्रदेश सभा सदस्य न्यौपानेले कृषिप्रधान देशका किसान अझै आधारभूत समस्यासँग संघर्ष गरिरहेको उल्लेख गर्दै खेतीको समयमा मलखाद अभाव, सिँचाइको समस्या, उत्पादनले बजार नपाउने अवस्था र बिचौलियाको दबदबाले किसान मारमा परेको बताइन् ।

    “किसानको पसिनाको मूल्य सुनिश्चित गर्न सरकार प्रभावकारी बन्न सकेको छैन,” उनले भनिन्, “मलखाद, सिँचाइ, उत्पादनको उचित मूल्य र बजारीकरण सुनिश्चित गर्ने ठोस नीति ल्याउन आवश्यक छ ।”

    प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद भएको गुनासो

    न्यौपानेले प्रदेश सभाका सबै सदस्य संवैधानिक जिम्मेवारी र मर्यादाका हिसाबले समान भए पनि बजेट वितरणमा प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद भइरहेको आरोप लगाइन् ।

    उनले समानुपातिक सांसदले प्रतिनिधित्व गर्ने क्षेत्रका जनता पनि प्रदेशकै नागरिक भएको उल्लेख गर्दै आगामी बजेट निर्माण गर्दा क्षेत्रको आवश्यकता र जनताको समस्यालाई आधार बनाएर समान र न्यायोचित ढंगले बजेट विनियोजन गर्न माग गरिन् ।
    “प्रत्यक्ष र समानुपातिकको नाममा हुने असमान व्यवहार अब अन्त्य हुनुपर्छ,” उनले स्पष्ट भनिन् ।

    अध्यादेशमार्फत शासन सञ्चालनप्रति आपत्ति

    सांसद न्यौपानेले संसद् सक्रिय हुँदाहुँदै अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक मूल्य र संसदीय अभ्यास विपरीत भएको बताइन् ।

    बलियो बहुमत हुँदाहुँदै पनि सरकारले संसद्लाई पर्याप्त भूमिका नदिई अध्यादेशको सहारा लिनु उचित नभएको उनको भनाइ थियो ।
    “सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न सक्दैन,” उनले भनिन्, “संसद्को गरिमा, जनताको अधिकार र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि प्रयासप्रति सबै सचेत हुन आवश्यक छ ।”

    प्रदेश सभामा न्यौपानेले उठाएका विषयहरूले आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी, समावेशी र उत्तरदायी बनाउनुपर्ने बहसलाई थप बल दिएको छ ।

    भिडियो

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend