Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उत्तरी गाजामा इजरायली हवाई आक्रमण: पाँच प्रहरीको मृत्यु, कैयौँ घाइते


९, जेठ २०८३
  • 75
    SHARES
  • उत्तरी गाजामा इजरायली हवाई आक्रमण: पाँच प्रहरीको मृत्यु, कैयौँ घाइते

    काठमाडौं । इजरायलले उत्तरी गाजा पट्टीको अल-तुआम क्षेत्रमा शनिबार गरेको भीषण हवाई आक्रमणमा परी पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने कैयौँ अन्य घाइते भएका छन्। गाजा शहरस्थित अल-शिफा अस्पतालका अनुसार उक्त क्षेत्रमा रहेको प्रहरी चौकीलाई लक्षित गरी इजरायलले सो आक्रमण गरेको थियो। अस्पताल स्रोतले दिएको जानकारी अनुसार आक्रमणमा परी शहादत प्राप्त गरेका पाँचै जना प्रहरीको शव र घाइतेहरूलाई उपचारका लागि अस्पताल ल्याइएको छ।

    यस घटनाका सम्बन्धमा इजरायली सैन्य स्रोतले एएफपीलाई बताएअनुसार सेनाले सो क्षेत्रमा सक्रिय रहेका हमासका आतङ्ककारीहरूलाई निशाना बनाएर उक्त कारबाही गरेको हो। गाजामा गत अक्टोबर महिनादेखि हमास र इजरायलबीच युद्धविराम लागू भएतापनि सम्झौताको सर्तअनुसार इजरायलले आफ्नो सुरक्षाका लागि खतरा ठानिएका कुनै पनि लक्ष्यमाथि आक्रमण गर्ने अधिकार सुरक्षित राखेको दाबी गर्दै आएको छ र सोही अनुरूप यो आक्रमण गरिएको जनाएको छ।

  • ट्रम्पको चेतावनी : ‘१० मिनेटमै इरानका बाँकी सैन्य लक्ष्य ध्वस्त पार्न सक्छौँ’

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी

  • बाइनान्समा ठूलो साइबर हमला : ६ अर्ब ३० करोड डलर चोरी भएको दाबी, ३ अर्ब डलर रोक्का

    काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्स साइबर आक्रमणको निशानामा परेको छ। आक्रमणका क्रममा

  • महँगी र सरकारी नीतिविरुद्ध फ्रान्समा उग्र प्रदर्शन, देशभर करिब एक हजार पक्राउ

    पेरिस । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend