Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मध्यपूर्वमा तनाव घट्दा कच्चा तेलको मूल्यमा ठूलो गिरावट


११, जेठ २०८३
  • 97
    SHARES
  • मध्यपूर्वमा तनाव घट्दा कच्चा तेलको मूल्यमा ठूलो गिरावट

    न्युयोर्क । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो ।

    जुलाई महिनामा आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेल एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ अमेरिकी डलरमा पुगेको थियो, जुन करिब ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि ५.५७ अमेरिकी डलरले घटेर ९७.९७ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको थियो, जुन करिब ५.३८ प्रतिशतको गिरावट हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको तर अन्तिम सहमतिका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशहरूबीच अझै छलफल बाँकी रहेको बताए ।

    प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः खोल्ने, इरानलाई पुनः तेल बिक्री गर्न दिने र इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने कदम अघि बढाएमा अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा प्रवेश गर्न तयार रहेको बताउनुभएको छ ।

    यसैबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको सङ्केत गर्दछ ।

    ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघि जस्तो आपूर्ति चाँडै सामान्य अवस्थामा फर्कन कठिन छ, किनभने उत्पादन संरचनामा क्षति, केही क्षेत्रमा उत्पादन अवरोध र ढुवानी समस्याहरू अझै पूर्ण रूपमा समाधान भएका छैनन् । विश्लेषकहरूले तेल बजारमा आपूर्ति–माग असन्तुलन कायम रहने र मूल्य दीर्घ समयसम्म उच्च रहन सक्ने तथा पूर्ण रूपमा घट्ने अवस्था सन् २०२७ तिर मात्र सम्भव हुने बताएका छन् । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend