Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनानमा इजरायली हमला: १२ जनाको मृत्यु हुँदा ३ जना घाइते


१२, जेठ २०८३
  • 62
    SHARES
  • लेबनानमा इजरायली हमला: १२ जनाको मृत्यु हुँदा ३ जना घाइते

    बेरुत (लेबनान) । इजरायली लडाकु विमानले मङ्गलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

    इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ ।

    यसै बीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ ।

    लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।

    अप्रिल –१६ देखि लागु भएको युद्धविराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ । निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाको बीचमा मे १५ मा दोस्रो पटक ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको थियो । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend