Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाजामा इजरायली आक्रमण: हमासका नयाँ सैन्य प्रमुख मारिएको दाबी


१३, जेठ २०८३
  • 78
    SHARES
  • गाजामा इजरायली आक्रमण: हमासका नयाँ सैन्य प्रमुख मारिएको दाबी

    तेल अभिभ । प्यालेष्टिनी सशस्त्र समूह हमासको सैन्य शाखाका कमाण्डर मोहम्मद ओदेह गाजा सहरमा गरिएको हवाई आक्रमणमा मारिएको दाबी इजरायलले गरेको छ ।यो घटना ओदेहका पूर्ववर्ती कमाण्डरको केही दिनअघि यस्तै आक्रमणमा मृत्यु भएको घटनापछि आएको हो ।

    स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबारको ठूलो आक्रमणमा कम्तीमा तीन जना प्यालेस्टिनी मारिएका छन् भने दर्जनौँ घाइते भएका छन्। आक्रमण गाजा शहरको अत्यन्त व्यस्त बजार क्षेत्रमा रहेको आवासीय भवनमा गरिएको थियो ।

    इजरायली रक्षा बल ९आर्एडीएफ० र शिन बेत सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै मोहम्मद ओदेह लुकेर बसेको भनिएको भवनलाई निशाना बनाइएको जनाएको छ ।

    उनीहरूको भनाइ अनुसार महिनौँदेखि गोप्य निगरानीमार्फत ओदेहको गतिविधि ट्र्याक गरिएको थियो । हामासले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    अक्टोबरदेखि गाजामा युद्ध विराम लागू छ । तर इजरायलले गाजामा घातकआक्रमण रोकेको छैन । पछिल्लो आक्रमण यसैको एउटा घटना हो । आक्रमण अल–कायालीस्थित भवनको माथिल्ला तीन तलामा केन्द्रित थियो । मुस्लिम पर्व इद अल९अधाअघि बजार क्षेत्रमा ठूलो भीडभाड रहेको बेला मिसाइल प्रहार भएको बताइएको छ ।

    आईडीएफ र शिन बेतले ओदेहसँग निकट सम्बन्ध भएका अर्का हमास सदस्यको अपार्टमेन्टलाई पनि निशाना बनाएको जनाइएको छ । उक्त व्यक्ति सन २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमलामा सहभागी रहेको आरोप लगाइएको छ । उद्धार टोलीहरूले घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरे पनि भवनमा ठूलो क्षति र भीडका कारण माथिल्ला तलामा पुग्न कठिन भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    स्थानीय बासिन्दाहरूका अनुसार कम्तीमा पाँचवटा मिसाइल फरक–फरक दिशाबाट लगभग एकै समयमा प्रहार गरिएको थियो । घटनास्थलका भिडियोहरूमा एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू भग्नावशेषमा खोजी गरिरहेको तथा वरिपरि ठूलो भीड जम्मा भएको देखिएको छ । एजेन्सी

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend