Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मध्यपूर्वमा फेरि चर्कियो तनाव: कुवेतमा मिसाइल र ड्रोन आक्रमण, अमेरिकी र इरानी सेना आमनेसामने


१४, जेठ २०८३
  • 93
    SHARES
  • मध्यपूर्वमा फेरि चर्कियो तनाव: कुवेतमा मिसाइल र ड्रोन आक्रमण, अमेरिकी र इरानी सेना आमनेसामने

    दुबई । इरान युद्धका क्रममा कायम गरिएको नाजुक युद्धविरामलाई चुनौती दिँदै कुवेतमा बिहीबार मिसाइल र ड्रोन हमला भएको छ। कुवेती सेनाले आक्रमणको पुष्टि गरे पनि कुन स्थान वा संरचनालाई निशाना बनाइएको थियो र यसको जिम्मेवार को हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। विगतमा पनि इराक क्षेत्र हुँदै इरान र इरानसमर्थित शिया मिलिसियाको निसानामा पर्दै आएको कुवेतमा भएको यो नयाँ घटनाले त्यहाँको सुरक्षा चिन्तालाई फेरि ब्युँताइदिएको छ।

    तेहरान र वासिङ्टनबीच युद्धविराम जोगाउन कूटनीतिक वार्ताहरू भइरहेकै समयमा यो सैन्य गतिविधि सार्वजनिक भएको हो। यो तनावका कारण विश्व ऊर्जा आपूर्तिका लागि मेरुदण्ड मानिने 'स्ट्रेट अफ होर्मुज' (होर्मुज जलघाँटी) अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। कुनै समय विश्वको कुल तेल र प्राकृतिक ग्यास व्यापारको करिब पाँचौँ हिस्सा ओगट्ने यो साँघुरो जलमार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा संकट गहिरिने र आगामी साताहरूमा अभाव अझ चर्किने चेतावनी विज्ञहरूले दिएका छन्।

    पछिल्लो समय अमेरिकाले इरानलाई उच्च स्तरमा संवर्धन गरिएको युरेनियमको मौज्दात त्याग्न तीव्र दबाब दिइरहेको छ भने इरानले आफ्नो कमजोर अर्थतन्त्रलाई उकास्न आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने र रोक्का सम्पत्ति फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ। यही खिचातानीका बीच बिहीबार बिहान अमेरिकी सेन्ट्रल कमान्डका फौजले स्ट्रेट अफ होर्मुज आसपास खतरा बढाएका चारवटा इरानी ड्रोनहरू खसालिदिएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेको सूचनाका आधारमा अमेरिकी सेनाले बन्दर अब्बासस्थित इरानी भू–नियन्त्रण केन्द्रमा समेत आक्रमण गरेको छ।

    यता, इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले बन्दर अब्बास अन्तर्राष्ट्रिय विमानस्थल आसपास अमेरिकी आक्रमण भएको स्वीकार गरेको छ। राज्य सञ्चालित इरना समाचार एजेन्सीमार्फत गार्डले दोहोरो प्रयोगमा रहेको उक्त विमानस्थल क्षेत्रलाई लक्षित गरी भएको प्रहारको जवाफमा आफूहरूले पनि प्रतिआक्रमण गरेको दाबी गरेको छ। तर, इरानी पक्षले आफ्नो जवाफी कारबाहीको निश्चित लक्ष्यबारे खुलाएको छैन। बन्दर अब्बासको सैन्य भिडन्त र कुवेतमा भएको मिसाइल हमलाबीच कुनै सीधा सम्बन्ध छ वा छैन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend