Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चरम आर्थिक संकटबीच श्रीलंकाले फेरि बढायो इन्धनको मूल्य


१७, जेठ २०८३
  • 79
    SHARES
  • चरम आर्थिक संकटबीच श्रीलंकाले फेरि बढायो इन्धनको मूल्य

    कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।

    राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढेर ४०७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

    यो मूल्य वृद्धि आईएमएफले श्रीलंकालाई दिइएको २.९ अर्ब डलरको राहत प्याकेजअन्तर्गत ६९५ लाख डलरको अर्को किस्ता जारी गरेको केही दिनपछि आएको हो। सन् २०२३ को सुरुमा सुरु भएको यो कार्यक्रमले आर्थिक संकटमा परेको देशलाई स्थिर बनाउने लक्ष्य राखेको छ।

    आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् दुवै क्षेत्रमा लागत अनुसार मूल्य समायोजन गर्न दबाब दिँदै आएको छ। सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया अघि बढाउने बताएको छ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा सेप्टेम्बर महिनासम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख गरेको छ।

    विश्लेषकहरूका अनुसार फेब्रुअरी २८ पछि मध्यपूर्वमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा असर परेको छ, जसले श्रीलंकाको आयातमा निर्भर अर्थतन्त्रलाई थप दबाबमा पारेको छ।

    श्रीलंकाले आफ्नो सम्पूर्ण इन्धन आयात गर्छ र विद्युत् उत्पादनका लागि कोइलामा पनि निर्भर छ। सन् २०२२ मा देशले ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट गरेको थियो। त्यसयता आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयास जारी छ। रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend