Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पपुवामा ठूलो विस्फोट, पाँच जनाको ज्यान गयो; घटना रहस्यमय


१८, जेठ २०८३
  • 81
    SHARES
  • पपुवामा ठूलो विस्फोट, पाँच जनाको ज्यान गयो; घटना रहस्यमय

    जकार्ता । इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।

    स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    प्रहरीका अनुसार विस्फोट एउटा स्टिल्ट हाउस अर्थात् खम्बामाथि बनाइएको घरमुनि भएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा यसको स्रोत दोस्रो विश्वयुद्धताका प्रयोग भएको बम वा मोर्टार हुन सक्ने अनुमान गरिएको छ ।

    पपुवा प्रहरीका प्रवक्ता काह्यो सुकार्निटोले एएफपीसँग कुरा गर्दै भने, “विस्फोटको स्रोत दोस्रो विश्वयुद्धबाट बाँकी रहेको बम वा मोर्टार हुनसक्ने आशङ्का गरिएको छ ।”

    घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि अवस्था अझै स्पष्ट भइसकेको छैन । तीन जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । काह्योका अनुसार घटनास्थलबाट फेला परेका केही मानव अङ्गहरूको पहिचान प्रक्रिया पनि अझै पूरा हुन सकेको छैन ।

    उनले कम्तीमा १९ जनालाई सामान्य चोटपटक लागेको र उनीहरूको उपचार भइरहेको जानकारी दिए । साथै, खोजी कार्य र अनुसन्धान सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने पनि बताए ।

    “पीडितहरूको खोजी र अनुसन्धान प्रक्रिया पूरा भएपछि हामी थप जानकारी दिनेछौँ”, उनले भने ।

    इन्डोनेसियामा विस्फोटसँग सम्बन्धित यस्ता घटनाहरू यसअघि पनि भएका छन् । गत वर्ष पश्चिम जाभा प्रान्तमा इन्डोनेसियाली सेनाले प्रयोगबाहिर रहेका हतियारहरू नष्ट गर्ने क्रममा खाडलभित्र विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो । मृतकमध्ये नौ जना सर्वसाधारण थिए ।

    दोस्रो विश्वयुद्धका क्रममा इन्डोनेसिया एसियाको प्रमुख युद्धस्थलमध्ये एक बनेको थियो । त्यसबेला जापानी सेनाले डच इस्ट इन्डिजमाथि कब्जा गरेको थियो भने नियन्त्रण पुनः प्राप्त गर्न सहयोगी सेनाहरूले व्यापक सैन्य अभियान सञ्चालन गरेका थिए । त्यस समयका विस्फोटक सामग्री र सैन्य अवशेषका कारण दशकौँपछि पनि कतिपय क्षेत्रमा जोखिम कायम रहेको मानिन्छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend